×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मन्त्री कुँवरसमक्ष प्रगतिशिल वैदेशिक रोजगार व्यवसायीले दुतावासका समस्या राखे

मन्त्री कुँवरसमक्ष प्रगतिशिल वैदेशिक रोजगार व्यवसायीले दुतावासका समस्या राखे

काठमाडौं- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरलाई प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मंच नेपालले साउदी राजदुतावास नेपालमा भएका समस्याबारे जानकारी गराएको छ । 

आइतबार मन्त्रालयमा आएर मंचको टोलीले ८ वटा समस्याबारे मन्त्री कुँवरलाई जानकारी गराएको हो । मंचले बुद्दागत रुपमा सुझाब सहित ८ वटा विषयको उठान गरेको छ । जसमा कागजात प्रमाणित, कोटा प्रणाली, प्रमाणपत्र, एजेन्सी निलम्बन, भिसा रद्द, साउदी अरबस्थित कम्पनीहरुले गर्ने काम, राहदानी पेश र सुचना प्रणाली रहेका छन् ।

त्यस्तै मंचले मलेशियाको समस्याका बारेमा पनि मन्त्री कुँवरलाई जानकारी गराएको छ । वैदेशिक रोजगारमा जाने नेपालीको संख्या उल्लेख्य मात्रामा भएपनि उनीहरुले त्यहाँ जादाँ विभिन्न समस्या भोग्नु पर्ने भएकाले यो झन्झटिलो प्रक्रियालाई सरल बनाउन मन्त्रीलाई पहल गरिदिन मंचले आग्रह गरेको मंचका अध्यक्ष राजेन्द्र भण्डारीले बताउनु भएको छ ।

उनीहरुका समस्यालाई बुझ्दै मन्त्री कुँवरले आफुले यी समस्या समाधानका लागि पहल गर्ने बचन दिएका छन् । उनले आफुले सम्बन्धीत देशका राजदुतलाई भेटर पनि नेपाली कामदारलाई सहज वातावारण बनाउनका लागि पहल गरेको जानकारी दिए । यसका साथै उनले अहिले वैदेशिक रोजगारीमा थुपै खालका समस्या देखिएकाले श्रम बजार मात्रै नभई व्यवसायलाई पनि मर्यादित बनाउनका लागि सबैले पहल गर्नुपर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस्