×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वीर अस्पतालले माग्यो १०० जना स्टाफ नर्स

वीर अस्पतालले माग्यो १०० जना स्टाफ नर्स

काठमाडौं - चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालले करार सेवामा १०० जना नर्स पदपूर्ति गर्ने भएको छ ।

अस्पतालले शुक्रबार सूचना जारी गर्दै योग्यता पुगेका नर्सले सात दिनभित्र दरखास्त दिन सक्ने जनाएको हो । लिखित परीक्षाबाट नर्सको छनोट गरिने छ भने परीक्षा २६ जेठका लागि तोकिएको छ । परीक्षामा २०८० मंसिर १ गते प्रकाशित सूचनाका आधारमा दरखास्त भरेका नर्सहरूले पनि सहभागी हुन सक्ने अस्पतालले जनाएको छ ।

अस्पतालले गत मंसिरमा पनि विज्ञापन खुलाएको थियो । तर विविध कारणले उक्त प्रक्रिया रोकिएको थियो । यसपटकको विज्ञापनमा यसअघिको प्रक्रियामा संकलन भएका आवेदन स्वतः कायम हुने अस्पतालले जनाएको छ ।

गत मंसिरमा आह्वान भई बीचमा स्थगित विज्ञापनमा १ हजार ३०० बढीले दरखास्त हालिसकेको अस्पतालले जनाएको छ ।

अस्पतालले लिखित परीक्षामा सबैभन्दा बढी नम्बर ल्याउन सफल हुने एक सय जनालाई नै रोलक्रम (मेरिट) का आधारमा नियुक्त गर्नेछ ।

करारमा भएका नर्सहरू स्वास्थ्य मन्त्रालयको दरबन्दी अन्तर्गत लोक सेवा आयोगबाट स्थायी पदपूर्ति भई आएमा वा अस्पताललाई आवश्यक नभएमा स्वतः हट्ने छन् ।

प्रतिकृया दिनुहोस्