×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पोखरा उद्योग वाणिज्य संघको चुनाव, पवनले घोषणा गरे प्यानल

पोखरा उद्योग वाणिज्य संघको चुनाव, पवनले घोषणा गरे प्यानल

पोखरा- पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशन भदौ २४ र २५ गते पोखरामा हुँदै छ । अधिवेशनले आउँदो २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । 

आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिको नेतृत्वमा प्यानल घोषणा भएको छ । अध्यक्षमा प्रजापति, वरिष्ठ उपाध्यक्षमा हालका उद्योग उपाध्यक्ष गोकर्ण काकी, वाणिज्य उपाध्यक्षमा हिरामणी पण्डित र महासचिवमा बलराम आचार्यको नाम छ ।

यस्तै, कोषाध्यक्षमा दिनेशचन्द्र बास्तोला र उपमहासचिवमा शोभा गौतमलाई अघि सारिएको छ । यसअघि हालका वाणिज्य उपाध्यक्ष अर्जुन पोखरेलले एक्लै अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । उम्मेदवारी घोषणा गर्दै प्रजापति भन्छन्, ‘निरन्तर कार्यसमितिमा रहेर काम गर्दै आएँ । वरिष्ठ उपाध्यक्षमा काम गरेपछि म अध्यक्षको स्वतः दाबेदार हुँ ।’

उनले सर्वसम्म नेतृत्व चयनको प्रयास गरेपनि सफल हुन नसकेको बताएका छन् । उनको प्यानलले १४ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ ।

प्रतिकृया दिनुहोस्