×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेकपा एससँग एकता गर्न नदिने प्रदिप ज्ञवालीको संकेत

नेकपा एससँग एकता गर्न नदिने प्रदिप ज्ञवालीको संकेत

काठमाडौँ- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारलाई एकीकृत समाजवादीको समर्थन बारेमा मात्र छलफल केन्द्रीत रहेको दाबी गरेका छन् । डेढ वर्षअघि एमाले फुटाएर बनेको एकीकृत समाजवादीलाई पार्टीमै फर्काएर संसदको सबैभन्दा ठुलो दल बन्न चाहेको समाचार आइरहेका बेला ज्ञवालीले त्यस्तो सम्भावना नरहेको बताएका हुन् । 

‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित’ रहेको बताएका हुन् । ‘त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान,अतिरञ्जना र हल्ला मात्र हुन्,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

एमाले अध्यक्ष ओलीनिकट मानिने नेता ज्ञवालीले एमालेभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर कम्युनिष्ट आन्दोलन यहाँसम्म आइपुगेको उल्लेख गरेका छन् । ‘संकटका बेला सतिसालझैं उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुनेछैन । इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन,’ उनले भनेका छन् ।

प्रतिकृया दिनुहोस्