×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

यी भू-भागमा भारी वर्षा, सौराहामा जोखिम

यी भू-भागमा भारी वर्षा, सौराहामा जोखिम

देशभर मनसुनी वायुको सक्रिय प्रभावले भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको हो ।

दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

यसैबीच रातभरीको वर्षाले मकवानपुरको पूर्वी राप्ती नदीमा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाले पूर्वी राप्ती नदीमा बाढी आउँदा चितवनको सौराहा आसपासको क्षेत्रमा डुबानको जोखिम बढेको जनाएको हो ।

प्रतिकृया दिनुहोस्