काठमाडाैँ । स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका ९ आपचौरमा सुरु गरिएको आपचौर लिफ्ट सिचाई आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएको छ । जल स्रोत तथा डिभिजन सिँचाई विकास कार्यालय स्याङ्जाको आर्थिक सहयोग तथा स्थानियहरूको श्रमदानमा सुरू गरिएको सिचाँई आयोजनाको ७० प्रतिशत काम सकिएको स्थानिय समाजसेवी शालिकराम भण्डारीले जानकारी दिएका छन् । जल स्रोत तथा डिभिजन सिँचाई विकास कार्यालय स्याङ्जाका प्रमुख हिमाल पौडेल र ईन्जीनियर मुकेश बि क को पहलमा सुरु गरिएको उत्त लिफ्ट सिचाई आयोजना कालिगण्डकीको किनारको भोभोकामा रहेको पानी सोलार पाता प्रयोग गरि लिफ्ट मार्फत आपचौरको फाँटमा रहेको करिब १२०० रोपनी जग्गामा सिचाई गर्ने लक्ष सहित काम सुरु गरिएको हो । आपचौर लिफ्ट सिंचाई आयोजनाका अध्यक्ष भिम प्रसाद चापागाईको नेतृत्वमा रहेको समितिले गत मंसिर ८ गतेदेखि काम थालनी गरेको थियो । उत्त सिचाँई आयोजनाका कारण केहि महिनाभित्र भोभोकाको पानी आपचौरको सिरानमा पुग्ने लगभग पक्का भएपछि स्थानयिहरुमा निकै खुशियाली छाएको आयोजना समितिका सचिब ठान प्र भण्डारीले जानकारी दिएका छन् । सिचाई आयोजना सम्पन्नका लागि सोलार राख्ने ठाउँको जग्गा स्व. यूधिष्ठीर भण्डारी का सुपुत्र लोकहरी भण्डारीले दान गर्नु भएको छ भने पानी टंकि राखिने ठाउँका लागि छबीलाल भण्डारी र शुभ कुमारी रानाले जग्गा दान गर्नुभएको हो ।