राजनीतिक अस्थिरताले उचारचढाव हुने सेयर बजारले आइतबार भने नयाँ रेकर्ड बनाएको छ । सेयर बजार परिसूचक (नेप्से) साताको पहिलो दिन आइतबार ३२८१ अंकले बढेर २८२० अंकमा पुगेको छ । यो हालसम्मकै उच्च रेकर्ड हो ।
यसअघि जेठ ४ गते नेप्से २७९३ अंकमा पुगेको थियो । सेयर बजारमा स–साना राजनीतिक घटनाले पनि सेयर बजारमा ठूलो प्रभाव पर्दै आएको छ ।
गत साता अन्तिम दिन विहिबार घटेको सेयर बजार राष्ट्रपतिले संसद् विघटन गरेर नयाँ निर्वाचन घोषणाको प्रभाव भने सकारात्मक देखिएको छ ।
यतिबेला कोभिड संक्रमण रोक्न देशका अधिकांश भागमा लकडाउन भएकाले सेयर बजारमा लगानी थुप्रिएको र बजार बढेको समेत अनुमान गरिएको छ । जसको कारण बजारमा कारोबार पनि उच्च हुँदै आएको छ । यसैगरी बैंकहरुको व्याजदर घटेको र अन्य क्षेत्रमा लगानी नहुँदा सेयर धितो कर्जालाई प्राथमिकता दिँदा बजारमा सकारात्मक असर परेको छ ।
आइतबार २२० कम्पनीका २ करोड ५१ लाख कित्ता सेयर किनबेचबाट ११ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसदिन होटल तथा टुरिजम, निर्जीवन बिमा कम्पनी र टुरिजम बाहेकमा सबै समूहगत परिसूचक समेत उकालो लागेको छ । बैंकिङ ३३.२९, व्यापार ४०.७८, डेभलपमेन्ट बैंंक २३९.८९, जलविद्युत ४४.२, फाइनान्स १०४.५५, इन्भेष्टमेन्ट ०.०९, जीवन बीमा ६१.६३, उत्पादनमुलक ७।४८, अन्य १३.२१, र म्युचुअल फण्ड समूह ०.१० अंकले उकालो लागेका छन्। कारोबार दैनिकमा खबर छ।