×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सर्वोच्चको आदेश : जग्गा धितोमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्नू

सर्वोच्चको आदेश : जग्गा धितोमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्नू

काठमाडौं- जग्गामा कर्जा नदिने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। विष्णुबहादुर सुनुवारले दिएको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले जग्गामा कर्जा नदिने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

सर्वोच्चले सरकारबाट जग्गा बर्गीकरण गर्ने कार्य तत्काल नहुने भएकाले लामो समयसम्म ऋण समेत लिन नपाउने अवस्था हुन नहुने उल्लेख गरेको छ।

कृषि र गैर कृषि क्षेत्रका रूपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि ग्राहकले जग्गा धितोमा ऋण लिन नपाउने भएका थिए। अदालतको यो आदेशसँगै अब जग्गा जमिन धितो बन्धकी राखेर ऋण लिन बाटो खुलेको छ।

यसअघि जेठ २७ गते सरकारले जग्गा धितोमा रोक लगाउने निर्णय गरेको थियो।

प्रतिकृया दिनुहोस्