×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बैतडीमा जीप दुर्घटना, ३जनाको घटनास्थलमै मृत्यु

बैतडीमा जीप दुर्घटना, ३जनाको घटनास्थलमै मृत्यु

बैतडी –बैतडीको सिगास गाउँपालिकामा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । सिगास ३ बाट डडेलधुरा जाँदै गरेको से १ ज ७३९ नम्बरको जीप लगन बजार नजिकै दुर्घटना भएको हो । ज्यान गुमाउनेमा सिगास गाउपालिका ३ का अन्दाजी ४५ बर्षीय मान सिह साउद र ६५ बर्षीय राम सिह धामी (राईते), ५० बर्षीय जय सिह धामी रहेको बताईएको छ ।

यस्तै दुर्घटनामा परि ११ जना घाइते भएका छन । घाइते हुनेमा सिगास गाउँपालिका ३ का ५५ बर्षीय कृष्ण साउद, २५ बर्षीय राजेन्द्र धामी, २० बर्षीय लोकेन्द्र सिह धामी, ४५ बर्षीय दलबिर सिह साउद, ४२ बर्षीय गौमती साउद , ३० बर्षीय करन सिह धामी , ४० बर्षीय बास्मती धामी ,१९ बर्षीय लोचन धामी, ४० बर्षीय शेर सिह धामी, २० बर्षीय सरस्वती साउद रहेका छन । यस्तै घाइते हुनेमा एक जना सिगास गाउँपालिका वडा नम्बर ८ लुपुडका १० बर्षीय पुरूष लक्ष्मण सिह बोहरा रहेको घटनास्थलमा आएका प्रहरीलाई उद्धृत गर्दै दीपेन्द्र सिह धामीले जानकारी दिनुभयो । लक्ष्मण सिह बोहरा को अवस्था पनि गम्भीर रहेको पनि उहाँले बताउनुभयो ।

डडेलधुराको ठाटा प्रहरीचौकी बाट घटनास्थलमा प्रहरी पुगेका छन । जीव सडकबाट करिब ५० मिटर तल खसेको छ । जीव चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

प्रतिकृया दिनुहोस्