×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चितवनमा गोहीको आक्रमणबाट युवकको मृत्यु, माछा मार्न गएका थिए

चितवनमा गोहीको आक्रमणबाट युवकको मृत्यु, माछा मार्न गएका थिए

चितवन - चितवनको भरतपुरस्थित बुढीराप्ती नदीमा गोहीको आक्रमणमा परी एक युवकको मृत्यु भएको छ। बिहीबार राति माछा मार्न गएका रत्ननगर नगरपालिका-८, चित्रसारीका २७ वर्षीय अभिषेक माझीको सो घटनामा ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार माझी आफ्ना एक साथीसँगै माछा मार्नका लागि राति नदीमा गएका थिए। प्रहरी नायब उपरीक्षक (डिएसपी) रवीन्द्र खनालले घटनाको पुष्टि गर्दै भने, "माछा मार्ने क्रममा उनीमाथि गोहीले आक्रमण गरेको प्रारम्भिक जानकारी आएको छ।"

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्