×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ताप्लेजुङको फुङलिङ बजारमा आगलागी, एक जनाको मृत्यु

ताप्लेजुङको फुङलिङ बजारमा आगलागी, एक जनाको मृत्यु

काठमाडौँ- ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–४ कोप्चेमा शुक्रबार बिहान आठ बजेतिर आगलागी हुँदा ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नम्बर १ भई फुङलिङ बजारमा बस्दै आएकी ६७ वर्षीय चुरीमाया लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

यस्तै आगलागीमा परी मृतककी नातिनी १६ वर्षीय रेबीका लिम्बु घाइते प्रहरीले जनाएको छ । घाइते रेबीकाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

आगलागी पूर्ण रूपमा नियन्त्रणमा आइसकेको समेत प्रहरीले बताएको छ । यद्यपि क्षतिको पूर्ण विवरण भने आइसकेको छैन । मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी शुरू भएको थियो । जस्ताले छाएको घरमा आगलागी भएका कारण अन्य घरमा आगलागी फैलिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्