×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उम्मेदवारमाथि नै खुकुरी प्रहार

उम्मेदवारमाथि नै खुकुरी प्रहार

भोजपुर- भोजपुरको षडानन्द नगरपालिकामा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ। षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि आइतबार राति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चार वटा टाँका लगाएको प्रहरीले जनाएको छ। खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। घाइते तामाङको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्