×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुदूरपश्चिम भूकम्पका मृतकप्रति प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जली, उद्धार र राहतमा खटिन निर्देशन

सुदूरपश्चिम भूकम्पका मृतकप्रति प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जली, उद्धार र राहतमा खटिन निर्देशन

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम भूकम्पमा परी मृत्यु हुनेप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । उनले मृतकमा परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभका कामना गरेका हुन् । साथै भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन र घाइतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

‘सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रबिन्दु बनाई गएको भूकम्पमा परि मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन र घाइतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु ।’ 

बुधबार राति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्प गएको थियो । सो भूकम्पमा परी डोटीको पूर्वीचौकी गाउँपालिका ३ को गैरागाउँमा ६ जनाको मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस्