×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पार्टी भनेको एमाले हो, गठबन्धन पार्टी होइन : योगेश भट्टराई

पार्टी भनेको एमाले हो, गठबन्धन पार्टी होइन : योगेश भट्टराई

काठमाडौं- नेकपा एमालेका सचिव योगेश कुमार भट्टराईले गठबन्धन पार्टी नभएको बताएका छन् । आज ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदान प्रदान तथा बृहत् भेलालाई सम्बोधन गर्दै अहिले देशमा एउटै मात्र राजनीति दल भएको र त्यो एमाले रहेको बताएका हुन् ।

प्रतिनिधि सभा सदस्य समेत रहेका भट्टराईले भने, ‘देशमा अहिले एउटै मात्र पार्टी छ, त्यो हो नेकपा एमाले ! अर्को पर्टी छैन केवल गठबन्धन मात्र छ । गठबन्धन भनेको पार्टी होइन ।’ बहुदलीय व्यवस्थाको प्रतिस्पर्धामा जनताले पार्टी छान्ने र त्यो हिसाबले पार्टीगत प्रतिस्पर्धा गर्ने शक्ति नेकपा एमालेमा मात्र भएको उनले बताए ।

साथै नेकपा  एमालेको विरुद्धमा अरु कुनै दल नभएको गठबन्धन मात्र भएको पनि बताए ।  आफूलाई बहुदलीय व्यवस्थाको च्याम्पियन मान्ने नेपाली कांग्रेस यो प्रतिस्पर्धाबाट  भाग्दा आफूलाई अचम्म लागेको पनि बताएका  छन् । उनले भने, ‘नेपाली कांग्रेस प्रतिस्पर्धामा आउन खोजेको छैन । माओवादी यसको विपक्षमा हुँदा मलाई  अचम्म लाग्दैन किनभने माओवादीको सिद्धान्त मूलत बहुदलीय प्रतिस्पर्धा होइन् उसको सिद्धान्त एक दलीय व्यवस्था  हो । तर नेपाली कांग्रेस यो प्रतिस्पर्धाबाट भाग्नु र इन्कार गर्नु आफैमा आश्चार्यजनक रहेको छ ।’

यस्तै नेपाली कांग्रेस कुनै पनि जितको मनस्थितिमा नरहेको उनले बताए । खेलमैदान पस्दा पस्दै  नेपाली कांग्रेसले आफूलाई पराजित भएको महसुस गरिरहेकोले पनि बताए । उनले नेपाली कांग्रेस सँग योग्य क्याप्टेन र योग्य खेलाडी नभएको संज्ञा समेत दिएका छन् ।

प्रतिकृया दिनुहोस्