काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो । जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा स्पष्टीकरण दिने कार्यक्रम थियो । पदाधिकारी चयन लगायतबारे अन्तरिक छलफल गर्न बैठक स्थगित गरिएको बताइएको छ ।
अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने तय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । यसअघि सोमबारको बैठकमा केन्द्रीय समिति सदस्यहरुले पदाधिकारीका साथै पोलिटब्युरो र स्थायी कमिटी गठनको माग गरेका थिए ।