काठमाडौं - न्यालालय खोल्नुपर्यो भन्दै देशका योद्दा नामक युवाहरुको समुहद्वारा आज शनिवार राजधानीमा मोटरसाइकल र्याली निकालिएको छ । र्याली अनामनगरबाट सुरु भएर माइतीघर सुन्धारा सहिदगेट त्रिपुरेश्वर हुदै माइतिघरमै टुंगिएको थियो ।
न्यायालयमा दिनानुदिन भ्रष्ट हुदै गएको र नागरिकको न्यायको अधिकार कुण्ठित भएको भन्दै प्रदर्शन गरेका हुन्। हिजो मात्रै सो समुहले माइतीघर मण्डलामा तराजु बोकेर प्रदर्शन गरेको थियो ।
न्यायालय शुद्दिकरण नभएसम्म र जनताको न्याय पाउने अधिकार सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने हन्ड्रेड ग्रुपका बब्लु गुप्ताले जानकारी दिए।