×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ज्यान सम्बन्धी कसूरका ४ जना फरार अभियुक्त पक्राउ

ज्यान सम्बन्धी कसूरका ४ जना फरार अभियुक्त पक्राउ

मोरङ : ज्यान सम्बन्धी कसूरका ४ जना फरार अभियुक्तहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा केराबारी गाउँपालिका-३ बस्ने ४४ वर्षीय डिक बहादुर राई, ३६ वर्षीय बुद्धबीर लिम्बु, १९ वर्षीय राम प्रसाद राई र लेटाङ  नगरपालिका-३ बस्ने १९ वर्षीय विपन लिम्बु रहेका छन् ।

केराबारी गाउँपालिका-३ स्थित बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा शिकार खेल्न गएकोमा अवस्थामा गत बैशाख ८ गते साँझ भरुवा बन्दुकको गोली लागेर सोही ठाउँ बस्ने ३२ वर्षीय हस्त कुमार राईको मृत्यु भएको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न रही फरार रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

साथै उक्त वनमा लुकाई राखेको ३ थान भरुवा बन्दुक र लेटाङ नगरपालिका-१ स्थित जंगलको ओडारमा लुकाई राखेको १ थान गरी जम्मा ४ थान भरुवा बन्दुक समेत प्रहरीले फेला पारी बरामद गरेको छ । 

साथै सोही घटनामा संलग्न केराबारी गाउँपालिका-३ बस्ने २६ वर्षीय रुबिन लिम्बु र ३७ वर्षीय गजेन्द्र बहादुर राईलाई बैशाख ९ गते उनीहरुकै घर वतनबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ व्यक्तिहरु उपर ज्यान सम्बन्धी र हातहतियार खरखजना कसूर सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

प्रतिकृया दिनुहोस्