×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिइने, मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई

मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिइने, मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । बुधबार (आज) बिहान बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको सत्तारुढ कार्यदलका संयोजक तथा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । बैठकपछि खड्काले भने— ‘मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिनेलगायतका विषयमा छलफल भयो, निष्कर्ष भने निस्किएन । अहिलेसम्म सरकारले गरेका कामकारबाहीको छोटो समीक्षा पनि बैठकले गर्यो ।’

यस्तै बैठकमा मन्त्री छान्ने जिम्मा दलका शीर्ष नेतालाई दिने सहमति पनि भएको छ । ५ दलको गठबन्धनबाट बनेको सरकारमा अहिलेसम्म कांग्रेस र माओवादी मात्रै सहभागी छन् । अब उपेन्द्र यादवपक्षीय जनता समाजवादी पार्टी (जसपा), नेपाल चाँडै सरकारमा सहभागी हुँदैछ । नेता रामसहाय प्रसाद यादवले  भने-‘अब निर्वाचन आयोगले हामीलाई आधिकारिकता दिएपछि त सरकारमा जाने कुरा त छँदैछ । तर, कहिलेसम्म जाने भन्नेबारे भने निष्कर्ष निस्किसकेको छैन । सायद चाँडै हामी पनि सरकारमा जाँदैछौँ ।’

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल, विपक्षी एमालेबाट डा. विजय पौडेललगायतका नेताहरु सहभागी थिए ।

 
 

प्रतिकृया दिनुहोस्