काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको घोषणापत्र र उम्मेदवारबारे खुला बहस गर्न तयार रहेको बताएका छन् । उनले आफूलाई ट्युसन पढाउँछु भन्ने कांग्रेस महामन्त्री थापालाई पहिला बिद्यार्थीहरुसंग बहस गर्न चूनौती दिए । ओलीले आगामी निर्वाचनमा एमालेको बिजयलाई कसैले रोक्न नसक्ने पनि बताए । ओलीले पाँच दलीय गठबन्धनलाई लूतोको संज्ञा दिदैे बैशाख ३० गते जनताले लुतो फाल्नुपर्ने उल्लेख गरे ।
उनले काठमाडौंमा एमालेको जित सुनिश्चित रहेको भन्दै गठबन्धनका कारण जनतामा त्रास बढेको तर्क समेत गरे । कांग्रेस र माओवादीले श्रीमती र छोरीलाई उम्मेदवार बनाएर महिला उम्मेदवारको बनाएको दावी गर्दै हिडेको उनको भनाई छ ।
ओलीले स्थानीय तह चुनाव आएपछि महिला हिंसाको कुरा आएको बताउदै महिलाको सुरक्षा र अधिकारका लागि लड्ने र आन्दोलन गर्ने पार्टी एमाले मात्रै भएको पनि समेत बताए ।
ओलीले एमालेले घोषणापत्रमा राखेका बिषयहरुलाई जनतामाझ उजागर गर्न पनि निर्देशन दिए । एमाले सरकारले गरेका राम्रा कामलाई अहिलेको सरकारले अवरोध सिर्जना गर्न खोजेको ओलीले बताए ।
बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले कसैले बहस गर्न चाहे घोषणापत्रमा बहस गर्न एमाले तयार रहेको बताएका हुन् ।