काठमाडौं- नेकपा एकीकृत समाजवादी गुल्मीले रामकुमारी झाँक्रीको नाम प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि गुल्मी–२ बाट सर्वसम्मत रुपमा सिफारिस गरेको छ। उक्त क्षेत्रमा नेकपा एमालेका गोकर्ण विष्ट यसअघि नै सिफारिस भएका छन् ।
केन्द्रमा सत्ता गठबन्धनले अन्तिम भागबन्डा टुङ्गाइरहँदा झाँक्रीले निर्वाचन तयारी गरिरहेकी छन् । पूर्व शहरी विकासमन्त्री झाँक्रीले केही समयदेखि गुल्मीमै रहेर निर्वाचनको तयारी गरिरहेकी छन् ।
२०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार विष्टले जितेका थिए । उक्त क्षेत्रमा पुरानो साख कायमै राख्न विष्ट पनि सक्रिय रहेका छन् ।