काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय पदाधिकारीको बैठक शुरू भएको छ । पार्टी मुख्यालय धुमबाराहीमा केही बेरअघि बैठक शुरू भएको हो ।
बैठकमा पूर्वअध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीसहित पदाधिकारी र प्रदेश समितिका अध्यक्ष सहभागी रहेको एक नेताले जानकारी दिए । उक्त बैठकमा समसामयिक राजनीति र विविध विषयमा छलफल हुने बताइएको छ ।