×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रतिनिधिसभाको पहिलो बैठकका एजेन्डा तय गर्न ज्येष्ठ सदस्य राणाद्वारा सर्वदलीय बैठक आह्वान

प्रतिनिधिसभाको पहिलो बैठकका एजेन्डा तय गर्न ज्येष्ठ सदस्य राणाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकका एजेन्डा तय गर्न ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सर्वदलीय बैठक आह्वान गरेका छन् । सर्वदलीय बैठक यही पस २२ गतेका लागि बोलाएको हो ।

दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ । संसद्को पहिलो बैठक पुस २५ मा बस्दैछ ।

राष्ट्रपतिबाट शपथ लिएर ज्येष्ठ सदस्य राणाले नै यसअघि प्रतिनिधिसभाका अन्य सदस्यहरुलाई शपथग्रहण गराएका थिए । अब प्रतिनिधिसभा बैठक पनि सभामुख चयन नहुँदासम्म राणाले नै सञ्चालन गर्नेछन् । 

प्रतिकृया दिनुहोस्