×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेबाट खुल्ने

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेबाट खुल्ने

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेबाट खुल्ने भएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक, ट्राफिक प्रहरी प्रमुख र सडक विभागका डिभिजन प्रमुख तथा यातायात व्यवसायीहरूको छलफलबाट असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको हो।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले विश्वकर्मा पूजाका दिनबाट टिकट बुकिङ खुला हुने निर्णय भएको जानकारी दिए। आफूहरूले सजहमा आवागमन सहजीकरण हुनुपर्ने कुरा राखेको पनि उनले बताए। अग्रिम टिकट बुकिङका लागि उपत्यकाका विभिन्न १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिने निर्णय भएको छ। यस बारे थप छलफल हुँदैछ।

टिकट तोकिएका काउन्टरबाट काट्नु पर्ने उनले बताए। त्यस्तै अनलाइनमार्फत् पनि टिकट काट्न सकिने व्यवस्था छ। तर विश्वासिलो आधिकारिक कम्पनीमार्फत् कारोबार गर्न उनले सुझाव दिए।

मझौला तथा लामा दूरीका सवारीका लागि अग्रिम बुकिङ खुल्ला गर्न लागिएको हो। टिकट लिन र यात्रु छुट्ने स्थानमा सामुदायिक प्रहरी,ट्राफिक प्रहरी, विभागसहितको हेल्प डेस्क रहने छ।

यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिए तत्कालै कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ। विभागले यसअघि असार २७ गते अन्तरप्रदेश भाडा समायोजन गरिसकेको छ। साेहीअनुसार भाडा  लिनुपर्ने छ। 

प्रतिकृया दिनुहोस्