काठमाण्डौ । चम्पादेवीको दर्शन,खेलकुद र मनोरञ्जन मूल नारा राखेर चम्पादेवी गाउँपालिकाले खेलकुद सप्ताहको आयोजना गर्ने भएको छ। गाउँपालिकाले बैशाख १५ गते देखि २२ गते सम्म वडा नं ९ को डल्लीडाँडामा ककनी क्षेत्रको धार्मिक पर्यटन प्रवर्धनका लागि खेलकुद सप्ताह तथा अन्य कार्यक्रम आयोजना गर्न तयारी शुरु गरेको गाउँ पालिकाका अध्यक्ष नबराज केसीले जानकारी दिएका छन।
गाउँपालिकाको नामकरण भएको जिल्लाको प्रसिद्ध धार्मिक स्थल चम्पादेवी मन्दिर क्षेत्रलाई प्रवर्धन गर्नका लागि सोहि क्षेत्रमा पर्ने डल्लीडाँडा मैदानलाई चयन गरिएको बताउदै अध्यक्ष केसीले सो सप्ताहका अवसरमा होम स्टे,प्यारागलाईडिङ, चम्पादेवी मन्दिरमा होम होमादी सहित खेलकुद र मनोरन्जनात्मक कार्यक्रम हुने जानकारी दिएका छन।
उक्त खेलकुद सप्ताहमा भलिवल, फुटबल ,एल्थेटिक्स( अन्तर पालिका ), गोरु जुदाइ र घोडा रेस ,घैटो फुटाई र बोको झिक्ने (पालिका भित्र) लागयतका खेलहरुका साथमा सांस्कृतिक कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ।