काठमाडौं - कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा तीन हप्ता देशभर लकडाउन गर्न सिफारिस गरेको छ ।
आइतबार बसेको सीसीएमसीको बैठकले कोरोना महामारीको दोस्रो लहर तीव्र रूपमा फैलिएको भन्दै वैशाख मसान्तसम्म लकडाउन गर्न मन्त्रिपरिषद समक्ष सिफारिस गरेको हो ।
लकडाउन नगरे संक्रमित रहेका जिल्लामा निषेधाज्ञा जारी गर्न सीसीएमसीको सिफारिस छ । लकडाउन नगरे ५ सयभन्दा बढी संक्रमित रहेका शहरी क्षेत्र र २ सयभन्दा बढी संक्रमित रहेका अन्य जिल्लामा निषेधाज्ञा जारी गर्नुपर्ने सीसीएमसीको सुझाव छ ।