×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बढ्यो डिजेल र मट्टितेलको भाउ बढ्यो पेट्रोलको यथावत

बढ्यो डिजेल र मट्टितेलको भाउ बढ्यो पेट्रोलको यथावत

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थ डिजेल र मट्टितेलको भाउ बढाएको छ । प्रतिलिटर ३ रुपैयाँले बढाइएका यी इन्धनको मूल्य अब १५० देखि १५३ रुपैयाँसम्म पर्नेछ ।

शुक्रबार (आज) साँझ बसेको निगम सञ्‍चालक समिति बैठकले बढाएको डिजेल र मट्टितेलको नयाँ मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेछ ।


अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पर्नेछ । उपभोक्ताले सुर्खेत र दाङमा प्रतिलिटर १५२ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर १५३ रुपैयाँ तिर्नुपर्नेछ ।

निगमले पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य यथावत्‌ राखेको छ ।


यस्तो छ नयाँ मूल्यः

May be an image of blueprint, ticket stub and text

प्रतिकृया दिनुहोस्