×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

वर्षाले हङकङ र बहराइनको खेल रद्द, नेपाल सुपर थ्रीमा पुग्न सफल

वर्षाले हङकङ र बहराइनको खेल रद्द, नेपाल सुपर थ्रीमा पुग्न सफल

काठमाडौं - आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीचको अन्तिम तथा निर्णायक लिग खेल वर्षाका कारण हुन नसकेपछि नेपालले सुपर थ्रीमा स्थान पक्का गरेको छ।
बिहीबार बहराइनलाई ६ विकेटले पराजित गरेसँगै नेपालको सुपर थ्रीमा पुग्ने सम्भावना बलियो बनेको थियो। नेपालले प्रतियोगिताका ४ खेलमा २ जित, १ हार र १ खेल रद्द हुँदा कुल ५ अंक जोडेको थियो।
हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि हङकङको पनि ४ खेलबाट ५ अंक नै पुगेको थियो। तर, नेपालले २ खेल जितेको र हङकङले १ खेल मात्र जितेकाले नेपाल बढी जितका आधारमा आफ्नो समूहको शीर्ष स्थानमा रहँदै सुपर थ्रीमा स्थान पक्का गर्‍यो। बहराइनले भने ४ खेलबाट २ अंक मात्र जोड्यो।
सुपर थ्री र ग्लोबल छनोटको समीकरण
छनोट प्रतियोगितामा सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको थियो। प्रत्येक समूहको विजेता सुपर थ्रीमा पुग्ने प्रावधानअनुसार नेपालसँगै यूएई र थाइल्यान्डले सुपर थ्रीमा स्थान बनाएका छन्।
सुपर थ्री चरणमा सबै टोलीले एकअर्कासँग एक-एक खेल खेल्नेछन् र पहिलो चरणमा प्राप्त अंक पनि यसमा गणना हुनेछ। सुपर थ्रीको शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान छ।

प्रतिकृया दिनुहोस्