×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

खार्पुनाथ गाउँपालिकाको स्थानीयलाई निःशुल्क एम्बुलेन्स सेवा

खार्पुनाथ गाउँपालिकाको स्थानीयलाई निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौं-  खार्पुनाथ गाउँपालिकाले आफ्ना गाउँपालिकाका स्थानीयलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नेभएको छ । सर्केगार्ड गाउँपालिकाको सलीसल्लाबाट हेलिकोप्टरमा ढुवानी गरेर गाउँपालिकामा पुगाएर सञ्चालनमा ल्याएपछि सेवाग्राहीलाई सो सेवा प्रदान गर्नेभएको हो । 

गाउँपालिकाका अध्यक्ष कर्णबहादुुर रावलले गाउँपालिकाले लामो समयपछि एम्बुुलेन्स गाउँपालिकामा ल्याउन सफल भएपछि सञ्चालनमा आएपछि अब गाउँपालिकाभित्रका सेवाग्राहीका लागि जिल्ला अस्पतालसम्म निःशुल्क सेवा प्रदान गर्ने बताउनुुभयो । सलीसल्लाबाट हेलिकोप्टरमा ढुवानी गरेर ल्याएको एम्बुुलेन्स हाल नल्नमा तयारी अवस्थामा राखिएको छ । 

गाउँपालिकाका सेवाग्राही बिरामी परेमा जिल्ला अस्पतालसम्म निःशुल्क सेवा प्रदान गरिने बताउनुुभयो । एम्बुुलेन्स आउनुअगाडि गाउँपालिकाले बिरामीलाई गाडी रिजर्भ गरेर उद्धार गर्ने गरेकोथियो । उहाँले अब आफ्नै एम्बुुलेन्स गाउँपालिकामा आइपुुगेपछि बिरामीको अस्पतालसम्म उद्धार गर्न सहज भएको बताउनुुभयो । 

सो एम्बुुलेन्स २०७६ मा भारतीय दुतावासले गाउँपालिकालाई उपलब्ध गराएको थियो । माथिल्लो हुम्ला सडक सञ्जालसँग नजोडिएका कारण एम्बुुलेन्सलाई गाउँपालिकासम्म ल्याउन कठिनाई भएको थियो । यसअघि पनि हेलिकोप्टरबाट ढुवानी प्रयास गाउँपालिकाले गरेको भए पनि त्यो हुन सकेको थिएन । 

एम्बुुलेन्स लामो समय काठमाडौं राख्नुपरेको थियो । जिल्लाको दक्षिणी क्षेत्रको सलीसल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएपछि सो स्थानसम्म एम्बुुलेन्स ल्याइएको थियो । 

प्रतिकृया दिनुहोस्