काठमाडौँ- भक्तपुरमा एक महिलामाथि हानिकारक रसायन प्रहार भएको छ । सूर्यविनायक-४ गाम्छाका ६५ वर्षीय श्याम गुभाजुले ६० वर्षीया श्रीमती पूजा गुभाजुलाई हानिकारक रसायन छ्यापेका हुन् ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रमुख एसपी शिवकुमार श्रेष्ठका अनुसार आइतबार साँझ रसायन छ्यापिएपछि पूजा गम्भीर घाइते भएकी छन् । ‘उक्त रसायन तेजाब हो कि अन्य केमिकल हो, खुलिसकेको छैन,’ एसपी श्रेष्ठ भने, ‘पूजाको अवस्था गम्भीर छ । उहाँलाई उपचारको लागि कीर्तिपुर अस्पतालमा लगिएको छ ।’
घटनामा संलग्न श्याम गुभाजुलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी श्रेष्ठले बताए ।