×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वर्षाका कारण पाकिस्तान र भारतको खेल रद्द, नेपाललाई फाइदा

वर्षाका कारण पाकिस्तान र भारतको खेल रद्द, नेपाललाई फाइदा

काठमाडौं - पाकिस्तान र भारतबीचको एसिया कपको खेल रद्ध भएको छ । निरन्तरको वर्षाका कारण दोस्रा ईनिङ सुरु हुन नसकेको हो । श्रीलंकाको क्यान्डीमा रहेको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा शनिबार खेल रद्ध भएसँगै दुबै टोलीले १/१ अंक बाँडेका छन् ।

त्यसै कारण पाकिस्तान समूह ए मा ३ अंकका साथ सुपर फोरमा स्थान बनाएको छ । पाकिस्तानले पहिलो खेलमा नेपाललाई २ सय ३८ रनले हराएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारत ४८ दशमलब ५ ओभरमा २ सय ६६ रनमा अलआउट भएको थियो ।भारतका लागि ईशान किसन र हार्दिक पान्ड्याले अर्धशतकीय ईनिङ खेले ।

एक समय १४।१ ओभरमा ६६–४ को दयनीय अवस्थामा पुगेको भारतलाई किशन र पान्ड्याले पाँचौं विकेटका लागि  शतकीय साझेदारीका साथ खेलमा फर्काएका थिए ।

पान्ड्याले ९० बलमा ७ चौका र १ छक्काको सहयोगमा ८७ रन बनाए । किशनले ८१ बलमा ९ चौका र २ छक्काको सहयोगमा ८२ रन बनाए । जसप्रित बुमराहले १६ तथा श्रेयस अय्यर र रविन्द्र जडेजाले समान १४/१४ रन बनाए ।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ४ तथा हरिस रउफ र नसिम शाहले समान ३/३ विकेट लिए । पाकिस्तान यस खेलमा अंक बाडेसँगै सुपर फोरमा स्थान बनाउने पहिलो टोली बनेको छ ।

सोमबार नेपाल र भारतबीच खेल हुनेछ । उक्त खेलको विजेता टोलीले सुपर फोरमा स्थान बनाउनेछ ।

यदि वर्षाको कारण अंक बाँडेको खण्डमा भने भारत सुपर फोरमा पुग्नेछ । नेपालले भारतलाई हराए सुपर फोरमा स्थान बनाउनेछ ।

 

प्रतिकृया दिनुहोस्