×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आजबाट हलमा ‘घनचक्कर’ रिलिज

आजबाट हलमा ‘घनचक्कर’ रिलिज

काठमाडौं- आज शुक्रबारबाट फिल्म ‘घनचक्कर’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत यो फिल्म देशभर प्रदर्शनमा आएको हो । यद्यपी देशभरका फिल्म हल भने यसले पाएको छैन । किनभने गत साता प्रदर्शनमा आएको ‘चिसो मान्छे’ ले पनि थुप्रै फिल्म हल ओगटेको छ । 

प्रदर्शनको अघिल्लो दिन अर्थात विहिबार फिल्मको कमलपोखरी स्थित बिग मुभिजनमा प्रिमियर गरिएको थियो । प्रिमियरमा फिल्मलाई मिश्रित प्रतिक्रिया मिलेको छ ।

फिल्ममा सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, अशान्त शर्मा, ईश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तीमगर, दामोदर पौडल लगायतको अभिनय छ ।कमेडी जनरामा निर्माण भएको फिल्मका जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । फिल्ममा सुसन प्रजापतिको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, मित्र डि गुरुङको सम्पादन, विपिन आचार्य र देव कोइमीको संगीत, अर्जुन सिंहको कथा र काजी लिम्बुको पटकथा–संवाद छ ।

 
 

हरि भट्ट सूर्यनाथ प्रस्तुतकर्ता रहेको फिल्ममा करुना अर्याल र संगम भट्ट निर्माता रहेका छन् ।

प्रतिकृया दिनुहोस्