×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सांसद गिरीले छाडे उपेन्द्रको साथ, लोसपाको पक्षमा सनाखत गर्दै

सांसद गिरीले छाडे उपेन्द्रको साथ, लोसपाको पक्षमा सनाखत गर्दै

जनकपुरधाम- तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित प्रदेश सांसद प्रहलाद गिरी ‘गोस्वामी’ले उपेन्द्र यादवको साथ छाडेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोज्ने भएका छन् । पर्सा क्षेत्र नम्बर ३ (२) बाट निर्वाचित सांसद गिरी बिहीबार लोसपाको पक्षमा सनाखत गर्ने तयारीमा छन् । उनले भने, ‘अहिले जनकपुर आउँदैछु, नेताहरूसँग भेटघाटपश्चात् लोसपाको पक्षमा सनाखत गर्नेछु ।’

उपेन्द्र यादवले मधेशको मुद्दा नै छाडेकाले लोसपा रोज्न बाध्य भएको सांसद गिरीले मकालुखबरलाई बताए । उपेन्द्र यादवको तत्कालीन संघीय समाजवादीबाट २९ सांसद निर्वाचित भएका थिए । जसमध्ये गिरी लोसपा रोज्ने पहिलो सांसद हुन् ।
प्रदेश २ मा राजपाका २५ सांसद थिए । जसमध्ये १४ जना मात्र लोसपाको पक्षमा खुलेका छन् ।

प्रतिकृया दिनुहोस्