बिर्तामोड- झापा निर्वाचन क्षेत्र नम्बर २ का स्वतन्त्र उमेदवार स्वागत नेपालमाथि हातपात भएको छ । सोमबार साँझ सि के चिन्तन अध्ययन प्रतिष्ठानले आयोजना गरेको उमेदवार–मतदाता अन्तरक्रियामा उनलाई सत्ता गठबन्धनका उमेदवारले हातपात गरेका हुन् ।
सत्ता गठबन्धनका उम्मेदवार हरि रानाका कार्यकर्ताहरूले आफूमाथि हातपात गरेपछि विवाद भएको र प्रहरीले घटना साम्य बनाएको नेपालले बताए । कार्यक्रममा नेपाललाई रानाका कार्यकर्ताले गरेको प्रश्नको जवाफ दिनबाट रोक्दै नेपाल बोल्दाबोल्दै रानाले माइक तानेपछि तनाव उत्पन्न भएको थियो
।स्वतन्त्र उमेदवार नेपालले जवाफ दिने क्रममा बीचैमा रोकेर सत्ता गठबन्धनका उमेदवार हरि रानाले जवाफ दिन आवश्यक नरहेको भन्दै नेपालले बोलिरहेको माइक खोस्न पोडियमसम्म पुगेपछि विवाद सिर्जना भएको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।