×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आईसीसी पुरुष विश्वकप लिग टू : बदलाको योजनासहित नामिबियाविरुद्ध खेल्दै नेपाल

आईसीसी पुरुष विश्वकप लिग टू : बदलाको योजनासहित नामिबियाविरुद्ध खेल्दै नेपाल

काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज शनिबार तेस्रो खेल खेल्दैछ ।

नेपालले सिरिजको तेस्रो खेलमा नामिबियाको सामना गर्नेछ । नेपाल र नामिबियाबीचको खेल दिउँसो नेपाली समय अनुसार ३ : ४५ बजे सुरु हुनेछ । नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । तर, नामिबियालाई हराउँन नेपाललाई सहज भने हुनेछैन । किनकि सिरिजको पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।

नामिबियाविरुद्ध नेपाल पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । नामिबिया भने नेपाललाई लगातार दोस्रो भेटमा हराउन चाहन्छ ।

सिरिजको दोस्रो खेलमा भने नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । यता, नामिबिया भने स्कटल्याण्डविरुद्ध दुई खेलमा पराजित भएको छ ।

नेपाल लिग टू को अङ्क तालिकाको पाँचौँ स्थानमा रहेको छ ।  नेपालले १८ खेलमा १७ अङ्क जोडेको छ । नामिबिया १७ खेलमा १६ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । सिरिज अन्तर्गत नै अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध आइतबार खेल्नेछ ।

प्रतिकृया दिनुहोस्