काठमाडौँ - मनकामना केबलकार भोलि (मंगलबार) एक दिनका लागि बन्द रहने भएको छ। आउँदै गरेको चाडपर्वलाई लक्षित गरी नियमित मर्मतसम्भार (Maintenance) गर्नका लागि सेवा स्थगित गर्न लागिएको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ।
कम्पनीका अनुसार मंगलबार मर्मतको काम सम्पन्न गरी बुधबारदेखि केबलकार सेवा पूर्ववत रूपमा नियमित सञ्चालनमा ल्याइनेछ। चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले उनीहरूको सुरक्षा र सहजतालाई ध्यानमा राख्दै नियमित मर्मतसम्भार गर्न लागिएको कम्पनीको भनाइ छ।