×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अफगानी रोक्न जमुनाह नाकामा उच्च सतर्कता

अफगानी रोक्न जमुनाह नाकामा उच्च सतर्कता

नेपालगञ्ज- भारत हुँदै अफगानी नागरिक नेपाल भित्रिन सक्ने खतरालाई मध्यनजर गरी नेपालगञ्जस्थित जमुनाह नाकामा उच्च सतर्कता अपनाइएको छ । नेपालगञ्ज नाकाबाट अफगानी नागरिकलगायत कुनै पनि संदिग्ध व्यक्तिलाई भित्रिन नदिन सुरक्षाकर्मीलाई कडाइका साथ निगरानी गर्न निर्देशन दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य खत्रीले जानकारी दिए ।  

उनका अनुसार भारतीय आधार कार्ड देखाएर अफगानी नेपाल प्रवेश गर्न सक्ने खतरा रहेकाले आधार कार्डलाई मात्र प्रमाण मानेर नेपाल प्रवेश गर्न नदिन निर्देशन दिइएको छ । मुख्य नाकासँगै सहायक नाकामा पनि कडाइ गरिएको छ । नेपाल प्रवेशका लागि नेपालगञ्जस्थित जमुनाहलाई सहज नाकाका रुपमा लिइने भएकाले यो नाकाबाट कुनै पनि हालतमा अफगानीलाई छिर्न नदिनतर्फ उच्च सतर्कता अपनाइएको प्रजिअ खत्रीको भनाइ छ ।  नेपाल–भारत सीमा नाका खुला भएकाले ग्रामीण ठाउँमा पनि निगरानी गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको उनले बताए ।  जिल्ला प्रशासन कार्यालय बाँकेको निर्देशनपछि नेपालगञ्जस्थित जमुनाह नाकामा उच्च सतर्कताका साथ निगरानी गरिएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले बताए ।  

भारतबाट नेपाल प्रवेश गर्ने भारतीय गाडीमा समेत निगरानी बढाइएको बताउँदै विष्टले टाढाबाट आएकालाई विशेष ख्याल गर्दै नजिकैबाट आएकालाई पनि सोधपुछ गरी कागजातका आधारमा नेपाल प्रवेश गर्न दिइएको जानकारी दिए । रासस

प्रतिकृया दिनुहोस्