×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

प्रधानमन्त्री देउवाको निर्देशन, ‘कोरोना रोकथाम र उपचारलाई प्रभावकारी बनाउनू’

प्रधानमन्त्री देउवाको निर्देशन, ‘कोरोना रोकथाम र उपचारलाई प्रभावकारी बनाउनू’

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त एवं प्रभावकारी बनाउन निर्देशन दिएका छन् । कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) का गतिविधिबारे बुधबार सम्बद्ध पदाधिकारीसँग जानकारी लिँदै उनले त्यस्तो निर्देशन दिएका छन् ।

बैठकमा मन्त्रिपरिषद्का सदस्य तथा मुख्यसचिव शङ्करदास वैरागीलगायत उच्च अधिकारी उपस्थित थिए । देउवा नेतृत्वको सरकारले चैतभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाउने निर्णय गरेको थियो । मंगलबार कार्यभार सम्हालेपछि प्रधानमन्त्री देउवाले राखेको पहिलो मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको थियो ।

 

आज कोभिड–१९ को #उपचार, #रोकथाम#व्यवस्थापनका बारेमा हालसम्म भएका काम-कारबाहिका विषयमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग जानकारी लिएको छु। कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन निर्देशन गरेको छु। pic.twitter.com/fftfYOwMx4

— Sher Bahadur Deuba (@DeubaSherbdr) July 14, 2021 ">http://

 

 

 
 

प्रतिकृया दिनुहोस्