×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विचार

सोलमारीमा भेटिएकी बाग्लुङकी नानी - भाग २ (प्रेम कथा)

सोलमारीमा भेटिएकी बाग्लुङकी नानी - भाग २  (प्रेम कथा)

जापान । रातको दश बजे कामवाट फर्कदै थिएँ, नाकानो स्टेशनतिर अलिअलि चिसो अनि स्थिर थियो त्यो रात । कोन्विनिमा छिरेर खाराआके र तातो ओ च्या किनेर फर्किएँ, सडक पारि बलेका रातो–हरियो सिग्नल बत्तीहरू, सबै मिलेर एउटा अजीब किसिमको शान्ति बनाइरहेका थिए । 

रुममा फर्केर कोट झुण्ड्याएर म सोफामा आनन्दले बसेँ । फोन हातमै थियाे - उनै बाग्लुङे नानीको म्यासेज स्क्रीनमै देखियो ।   

लामै भ्वाइस म्यासेज पठाएकी रहिछिन । कहाँबाट सुरु गर्ने भनेर अलि अकमकाएको आवाज— “दाइ... मेरो जीवन ठीक छैन । म विवाहित हुँ, तर त्यो विवाह... विवाह जस्तो कहिल्यै भएको छैन ।” त्यही भ्वाइसमा उसले बताइदिई— उसको श्रीमानलाई उसको काम,थकान,शरीर,मन—कुनैको मतलब छैन । उसलाई बस यत्तिमात्र चाहिन्छ—बेलाबेला यौन अनि काम र दाम ।

“उ हरेक दिन मेरो बैंकको balance हेरिरहन्छ दाइ... एक–एक येन कति आयो, कति घट्यो, किन छुट्टी लिईस— card वाट कहाँ कहाँ खर्च गरिस्, सबै जिज्ञासा ।  जसरी लेखा परीक्षकले गर्छ, त्यसरी मलाई गर्छ ।”

आवाज चर्को थिएन, तर कम्पनले उसको भोगाइको गहिराइ देखाइरहेको थियो । उसको हिंसाको कथा सुन्दा मेरा सुन्ने कान पनि लड्खडिन्थ्यो,  त्यो सुन्दा म स्तब्ध भएँ । केही पल शब्दै छुटेन । 
“नआत्तिनु, सके म केहि गरौलानी“  मैलै सान्त्वना दिदै भ्याइस म्योसेज पठाएँ,

तत्कालै सिन गरेको देखियो, सायद उ अनलाईनमा थिई,   उसको म्यासेज आयो  “दाइ, कुरा गर्न मन छ... डर लागिरहेको छ ।”
उसले भिडियो कलनै गरि,  त्यो रात नै हाम्रो पहिलो भिडियो कल भयो । स्क्रिनमा उसको अनुहार देखियो- 
गहिरा आँखा, तर आज चेहरा नीलडामका छाया बोकेर आएको थियो । ऊ मुस्कुराउने प्रयत्न गर्थी— जस्तै पीडा लुकाउनु पनि उसको दैनिकी भइसकेको थियो । 

“आज किन यति रातीसम्म पनि नसुतेको ?“ मैले सोधें,  हिच्किचाउँदै उसले क्यामरा अलि तल झुकाउदै भनि

“किनभने... काममा किन नगएको भनेर... आज पनि त्यो सालेले हात उठायो । शरिर दुखेर निन्द्रै लागेको छैन  “उसका यि दर्दनाक कहानी सुनेपछि निकै भावुक बनायो, आफ्नै श्रीमानलाई पनि “साले“ भनेर उ आक्रोशीत भईरहेकी थिई, 

अनि उसले घुमाएर भनि “दाइ, अचेल म मानिस हुँ जस्तै महशुसनै भएको छैन ।” म त्यो क्षणमा केही भन्न सकिनँ । बस सुनेँ— किनकि उसको कथाले धेरै वर्षदेखि खोजिरहेको ‘सुनिदिने मान्छे’ पाएको थियो । 

रातको समय एक बिवाहित महिला र म बिवाहित पुरुष भिडियो कलमा व्यस्त थियौँ, मलाई कता कता अप्ठ्ठारो लाईरहेको थियो तर पनि उ यतिधेरै आक्रोशित भएर बोलिरहेकी थिई, उसका मनमा बर्षौ देखि गुम्सिएर बसेका पिडाका कथा बिस्फोटित भईरहेका थिए । 
“दाई तपाई नभएको भए त म मरिसक्थे होला, हजारौँ पटक आत्महत्याको प्रयास पनि गरकीँ थिए खै कसरी बाँचे ? “ त्यो वाक्यसँगै म आँफै झस्किएँ– 
उसले फेरि थपि दाई तपाई त मेरो सहारा हो, प्रेम हो ,भगवान हो, म यत्ति चाहान्छु तपाईं मसँग कुरा गर्दिनु... त्यही नै म बाँच्ने ओखती हो ।”
उसको अनुरोधलाई म नकार्नै सकिन, उसका कहानी सुनिरहेँ,  त्यो रात उसले आफ्ना कथाहरु बेलिबिस्तार लगाई, तिन तिन वटा काम, कोम्बिनी, बेड मेकिङ अनि फेरी रेष्टुरेन्ट । बिहान कोम्बिनीको काम सकेर हतारिएर आयो घरमा खाना नहुने आफै पकाएर बेड मेकिङको कामतिर दौडिनुपर्ने अनि उतैवाट रेष्टुरेन्टको काममा, कहिलेकाँही यसो बिदा बस्यो भने श्रीमानको टोकसो, भाषा नजानेर काममा पाएको गाली र घरभित्रको हिंसा— सबै उसको आवाजमा समाहित थियो ।
यहि बिच मैलै सोधेँ – आज काममा नगएको ? 
“आज बिरामी छु “
मैले सोधेँ –“के भयो “
उसले अलि गम्भीर हुदैँ भनि “एकपटक गर्भ बसेको थियो... म त खुशीले रोएँ दाइ । तर उसले हिसाब–किताब देखायो—
‘यो बच्चाको खर्च चार लाख येन, ६/७ महिना कामको बिदाई, तँ सुत्केरी भएपछि कसले कमाईदिन्छ ? यहाँ बच्चा पाउन आएको हो र ? कमाउन आएको हो, अहिले बच्चा जन्माउन सम्भव छैन ।’
अनि...मलाई बच्चा फाल्न लगायो ।” औषधी खा भनेर धम्कायो, औषधी खाएँ आज bleeding  भएर शरिर बर्वाद भयो, दाई, काममा विदा बसेको गाली गर्छ, 
उसका शब्दहरूले जापानमा दुःख लुकाएर बाँचिरहेका सयौँ नेपाली महिलाहरूको कथा सुनायो । 
“नानी, एउटा कुरा सोधूँ ?
तिमी किन मलाई मात्र यी सबै कुरा सुनाउँछौ ? मैले सोधेँ 
यहाँ त धेरै महिलाहरू हुनुहुन्छ । म त बिवाहित पुरुष... कहिलेकाहीँ त लाग्छ, यो कुरा सुन्न पनि मलाई अप्ठ्यारो हुन्छ ?”
“दाइ... म यो कुरा धेरै दिनदेखि भन्न चाहन्थें, तर हिम्मत हुन्नथ्यो ।  म तपाईलाई धेरै बर्षदेखि Follow गरिहेकी छु, मैले तपाईंका पुराना फेसबुक स्टाटसहरू पढेकी छु, प्रवासीहरूको पीडा, नेपाली समाजका समस्याहरू... यी सबै तपाईंले यति इमान्दारीले लेख्नु भएको देखेँ । त्यो देखेर लाग्यो– यस मानिसको हृदय सफा छ ।”

म एकछिन स्तब्ध भएँ ।  केही शब्दहरूले मन नै भारी बनाइदिए । उनले यति गहिरो ध्यान दिएको मैले कल्पनै गरेको थिइनँ ।
 “दोस्रो कुरा... म तपाईंलाई मेरो कथा सुनाउँदा – तपाईं पक्कै ध्यानपुर्व सुन्नुहुन्छ । तपाईं पत्रकार हुनुहुन्छ । त्यसैले... म सधैं चाहन्थें— मेरो जस्तो कथाले अरू महिलालाई नपिरोलोस् । कसैले त लेखिदिनुपर्छ, सुनिदिनुपर्छ, समाजलाई देखाइदिनुपर्छ । मलाई लाग्यो—तपाईंले लेख्नुहुन्छ, देखाईदिनुहुन्छ ।”
“दाइ... धेरै डर लाग्थ्यो । कसरी बोलुँ, दिल खोलेर आफ्ना कुरा कसरी राखुँ । तपाईं बिवाहित हुनुहुन्छ – म पनि बिवाहित ।
मसँग बोल्ने, मेरा कुरा सुन्ने कोही थिएन । अनि तपाईंका बेला बेलाका स्टाटस, साहित्य र भिडीयोमा सुनिएका आवाजले— मनमा ढाडस दियो ।” र तपाईसगँ यि सबै कहानी सुनाउन हिम्मत गरेकी । 
म एकटकले उसका कुरा सुनिरहेँ, त्यो रात एक भावनात्मक रुपमा अझ बढि नजिकिएको दिन रह्यो । 

म उसका शरिरमा देखिएका नीलडामहरू हेर्न सकिनँ.. त्यही क्षण, मनभित्र एउटा अपरिभाषित नाता पलायो । यो प्रेम थियो कि जिम्मेवारी ? मेरो मनले जवाफ दिएन । तर उसको आँसुले भने सहारा खोजिरहेको थियो । 
त्यो दिन भिडियो कलको अत्यमा उसले भनेकी थिई “तपाईं नहुँदा म फेरि त्यही अँध्यारोमा फर्कन्छु दाइ ।” 
उसले एक वाक्य प्रायः भन्थी – तपाईसँग कुरा गर्न थालेपछि आफू सुरक्षित भएको महसुस गरेकी छु,  उसले मसँग हाँस्न सिकेकी थिई । हामी दुवै विवाहित थियौँ । म उनको जीवनमा अनावश्यक उपस्थित हुन चाहँदैनथेँ, तर भावनामा लगाम कसरी लगाउने ?

एक साँझ, हल्का अनलाइन देखिएपछि मैलेनै म्यासेज गरेँ— नानी के छ आज ?  थोरै समयपछि उसको लामो मेसेज आयो – जसमा फेरि पीडा मात्र थियो ।
“ठिक छैन दाइ... घरमा झनै झगडा भयो । त्यो सालेले आज पनि हेपेरै कुरा ग¥यो ।”
 “के भन्यो ?”
उसको सिधैँ भ्वाइस मेसेज आयो । आवाज काँपिरहेको थियो ।
“दाइ, सुन्नुस न... उ भन्छ— ‘तँ त यहाँ dependent मा आएकी, के हैसियत छ तेरो ? मेरो आम्दानी छैन भने त कहाँबाट खान्छेस ? मैले कमाएको पैसाले तँ धन्न बाँचिरहेकी छेस् ।” उसले फेरि अगाडि भनिरहेकी थिई— “जापान मजाक हो र ? पैसा चाहिन्छ, पैसा ! यहाँ भावना र मायाले ले काम चल्दैन । काम नगरी बसेर के नाटक गरिरहन्छेस ?’ हिजो पनि यस्तै चिच्यायो दाइ...
म मौन भएर रोइदिएँ । ”उसको आवाजमा – अपमान, एक्लोपना र निराशा एकसाथ मिसिएको थियो । 
यो त अति भएन र मैले म्योसेज छोडेँ । 
उसले फेरि लेखी “त्यो साले हरिलठ्ठकको नजरमा म शून्य छु । उ भन्छ— ‘मैले काम गरेर कमाएको छु तँ खाली बिरामी भएको वहाना बनाएर कामै गरेकी छैनेस्, 
दाइ... कहिलेकाहीँ त लाग्छ, म मान्छे नै होईन ।” 
उसको पीडा केवल शब्द मात्र थिएन—जापानमा बसेका धेरै नेपाली महिलाहरूको साझा घाउ थियो । 

उसका श्रीमानले गरेको अपमानजनक व्यवहार सुनेपछि, म एकदिन केही कडा स्वरमै उनलाई लेखेँ— “नानी, यस्तो व्यवहार त सहनै नसकिने कुरा हो । जापानमा यति धेरै नेपाली संघ–संस्था छन् । तिमी चाहान्छौँ भने कानुनी सहयोग पाइन्छ । उनीहरूले तिम्रो श्रीमानलाई सम्झाउने वा कारवाही गर्न सक्छन् ।” 
थोरै बेर masenger मा (typing...) मात्र देखिन्थ्यो । अन्ततः नानीले लामो मेसेज पठाई जसले पूरा पढिसक्दा मन नै भाँचिन्थ्यो ।
“दाइ, त्यो तपाईंले भन्नु सजिलो छ... तर भित्रको यर्थाथ अर्कै छ । जापानका अलि चल्ता फुर्ता संघ–संस्थाको मेरो श्रीमान दाता हो । उनीहरूका कार्यक्रममा दान दिन्छ, स्पोन्सर कर्ता बनेर बसेको छ ।”
त्यो पढेपछि म चकित परेँ ।

नानीले रोकिएर टाइप गर्दै थिइन् ।
एउटा अर्को ठूलो मेसेज आयो—
“हामीले –देखेका संघसंस्था जति छन्, त्यहाँ उसैको कुरा सुनिन्छ,  उसले तैँले बोलिस् भने—चुप लगाइदिन्छु भनेर धम्की दिइरहन्छ  त्यसैले कहिल्यै बोलिनँ ।
मलाई अप्ठ्यारो भयो— मैले सुझाएको बाटो नै उसकै लागि बन्द ढोका रहेछ ।
मैले सोधेँ  “नानी, त्यो कस्तो दाताको शक्ति हो र ? मानिस यति धेरै डराउने ?”
उनले तुरुन्तै टाइप गरेर पठाइन् “दाइ... उसले हरेक वर्ष कार्यक्रममा लाख–लाख येन सहयोग गर्छ । भाषण गर्छ, हरेक कार्यक्रममा ठुलो मान्छे बनेर हिँड्छ ।
मलाई कसैले विश्वास पनि गर्दैन— कि यस्तो मान्छे घरमा आएपछि ‘dependent भनेर आफ्नै श्रीमती थक्र्याउँछ भनेर ।”
त्यो पढेर म केहीबेर नबोली बसेँ । उसले लेखेका शब्दमा यस्तो चोट थियो— जसले कानुनभन्दा ठूलो समाजको डर देखाउँथ्यो ।
उसले लेखेको अन्तिम वाक्य—सबैभन्दा पीडादायी थियो थोरै रोकिएपछि उसले फेरि लेखी— “दाइ, यहाँ सबै उसकै मान्छे । यदि म उजुरी गर्न गएँ भने – उनीहरू नै उल्टै मलाई दोषी बनाइदिन्छन् । म ‘इज्यत सकिएकी महिलाको नाममा चिनिन सकिन ।”
म्यासेजको अन्त्यमा एक लाइन आयो “दाइ... न्याय त पैसा दिने मान्छेलाई मात्र मिल्छ ।”
मैले सोधेँ त्यसोभए अब तिमी के चाहान्छेउ । 
उससगँको डिर्भोेस अनि हजुरको साथ । “जापानमा हावा चल्छ, रेल चल्छ, मान्छेहरू हतारिन्छन् तर कसैले कसको मन हेर्दैन दाइ । तपाईंले मात्र हेरिदिनुभयो ।”
 

प्रतिकृया दिनुहोस्