×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

साझाका बिजुली बस आजदेखि काठमाडौँको सडकमा

साझाका बिजुली बस आजदेखि काठमाडौँको सडकमा

काठमाडौं- साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बस आज बिहीबारदेखि काठमाडौंंमा सञ्चालन हुनेछन्। पहिलो चरणमा ल्याइएका बिजुली बस परीक्षण गरेर नम्बर प्लेट र रुटसमेत लिएर सञ्चालनमा ल्याउन लागिएको हो।

बिहीबार बिहान ११ बजे साझाको पुल्चोकस्थित कार्यालयबाट ती बसहरुले औपचारिक रुपमा सेवा शुभारम्भ गर्नेछन्। यी बसमा महिला चालक र सहचालकको व्यवस्था गरिएको छ।

चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखानामा यी बस तयार भएका हुन्। सरकारकै बहुमत सेयर रहेको साझा यातायात सहकारीसँग अहिले ७४ वटा ठूला बस छन्।

प्रतिकृया दिनुहोस्