×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गृह मन्त्रालय नदिने प्रधानमन्त्रीको संकेतपछि सरकारबाट बाहिरिने तयारीमा रास्वपा

गृह मन्त्रालय नदिने प्रधानमन्त्रीको संकेतपछि सरकारबाट बाहिरिने तयारीमा रास्वपा

काठमाडाैँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयको जिम्मेवारी नदिने संकेत देखाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट बाहिरिने तयारी गरेको छ । आज बिहान प्रधानमन्त्री प्रचण्ड र सभापति लामिछानेबीच गृह मन्त्रालयको विषयमा कुरा सकारात्मक नभएपछि रास्वपाले सरकारबाट बाहिरिने तयारी गरेको हो ।

बालुवाटार स्रोतकाअनुसार प्रधानमन्त्रीसँगको भेटमा लामिछानेले आफ्नो भागमा परेको मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएका थिए । नेपाली नागरिकता पुनः प्राप्ति गर्ने प्रक्रिया पूरा नगर्दा गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसदसहित उपप्रधान तथा गृहमन्त्री पद बदर गर्ने गर्ने फैसला सुनाएको थियो ।

सर्वोच्चको फैसलापछि भने उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिएका छन् । नागरिकता प्राप्त गरेसँगै लामिछाने गृहमन्त्रीमा आफूलाई पुनः नियुक्त गर्न भन्दै पटकपटक प्रधानमन्त्रीसँग छलफल गरिरहेका छन् । छलफलमा प्रधानमन्त्री प्रचण्डले भने तत्काल रास्वपालाई गृह मन्त्रालय दिने संकेत देखाएका छैनन् ।

माओवादी केन्द्रभित्र पनि रास्वपालाई गृह मन्त्रालय दिन नहुने नेताहरू बढी छन् । जसकारण पनि प्रचण्ड तत्काल लामिछानेलाई स्पष्ट जवाफ दिन सकिरहेका छैनन् ।

उनको अस्पष्ट जवाफले रास्वपा भने असन्तुष्ट देखिएको छ । यदि आफ्नो भागमा परेको गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने मूडमा पुगिसकेको रास्वपका नेताहरू बताउँछन् ।  प्रतिनिधिसभामा रास्वपाबाट १९ जना सांसद रहेका छन् ।  

प्रतिकृया दिनुहोस्