जाजरकोट - जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर २ को देउलाचौरमा यातायात मजदुरबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। झडपमा परि मृत्यु हुनेमा भेरी नगरपालिकाका ३५ वर्षीय नरेश रावल रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
यातायात काउन्टरमा काम गर्ने मजदुरहरुको दुई समूहबीच भएको विवादमा झडप भएको कार्यालयका प्रवक्ता अर्जुनचन्द ठकुरीले जानकारी दिए। प्रहरीका अनुसार जाजरकोट-डोल्पा रुटको विषयमा यातायात मजदुरबीचको विवादले ठूलो रुप लिँदा झडप भएको हो।
घटनामा संलग्न रहेको भन्दै प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।