काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहटको गौर नगरपालिकामा उक्त पार्टीले जितेको छ। समाजवादीले मेयर र उपमेयर दुबै जितेको हो।
मेयरमा एकीकृत समाजवादीका शम्भु साहले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अजयकुमार गुप्तालाई पराजित गरेका हुन्। ९ वटा वडा रहेको यो पालिकामा ६ वडामा एकीकृत समाजवादीले अध्यक्ष जितेको छ।
०७४ को स्थानीय तह निर्वाचनमा यहाँ मेयर राजपाले जितेको थियो। मेयरमा साहले ६ हजार ३८१ मत ल्याएका छन् भने गुप्ताले ३ हजार ७५५ मत पाएका छन्। उपमेयरमा एकीकृत समाजवादीकी शैलकुमारी साह ४ हजार ८०९ मतसहित विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शाहजान खातुनले ३ हजार ६८५ मत प्राप्त गरिन्।