×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मन्त्री प्रेम आलेलाई हटाउन पर्यटन व्यवसायीको माग

मन्त्री प्रेम आलेलाई हटाउन पर्यटन व्यवसायीको माग

काठमाडौं- प्रमुख तीन पार्टी निकटका तीन पर्यटन व्यवसायी संगठनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई तत्काल बर्खास्त गर्न माग गरेका छन। नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) निकट तीनै व्यवसायी संगठनले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रेम आलेका कारण समग्र पर्यटन क्षेत्र नै बद्नाम भएको उल्लेख गरेका छन्।

एमाले निकटको राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष पूर्णबहादुर कुँवर, कांग्रेस निकटको नेपाल पयर्टन व्यवसायी संघका अध्यक्ष दीपक महत र माओवादी निकटको नेपाल पयर्टन व्यवसायी संगठनका अध्यक्ष नवराज दाहालले संयुक्त विज्ञप्ति मार्फत विषयगत जानकारी नभएका छाडा व्यक्तिलाई तत्काल मन्त्रीबाट हटाउन माग गरेका छन्।

केही समयअघि आफ्नै क्षेत्रका एक युवालाई अश्लिल गाली गरेर विवादित बनेका आलेले नेपाल एअरलाइन्सका कार्यकारी अध्यक्षलाई त्यस्तै अश्लिल गाली गरेको अडियो शुक्रबार सार्वजनिक भएको छ।
उक्त अडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालदेखि सदनसम्म मन्त्री आलेको आलोचना गर्दै राजीनामा मागिएको छ।

प्रतिकृया दिनुहोस्