×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

महावीर पुनको मागमा रास्वपाको समर्थन, सरकार गम्भीर हुनुपर्नेमा जोड

महावीर पुनको मागमा रास्वपाको समर्थन, सरकार गम्भीर हुनुपर्नेमा जोड

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले अघि सारेका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । शनिबार रास्वपाका सभापति रवि लामिछानेसहितका नेताहरू माइतीघर पुगेर पुनको आन्दोलनप्रति ऐक्यबद्धता जनाए । माग पूरा गर्न उनीहरूले सरकारको ध्यानाकर्षण गराए ।

पुनले अघि सारेका चारबुँदे माग पूरा गर्नका लागि अविलम्ब वार्ताको टेबलमा बस्नुपर्नेमा लामिछानेले जोड दिए । उनले आन्दोलन अन्त्य गर्ने वातावरण तयार गर्न माग गरे ।
सरकारले कार्यतालिका नै बनाएर पुनले अघि सारेका माग सम्बोधन गर्नुपर्ने उनको धारणा छ । रास्वपाका सबै सांसदहरू पुनको माग पूरा गर्नका लागि साथमा रहेको उनले बताए ।उनले मुलुकको हितका लागि काम गर्ने व्यक्ति सडकमा आउनुपर्ने अवस्था आउन नदिन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

 

प्रतिकृया दिनुहोस्