×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विवेकको हत्या दिदीले गरेको प्रहरीको निष्कर्ष, दिदीसहित दुई किशोरी पक्राउ

विवेकको हत्या दिदीले गरेको प्रहरीको निष्कर्ष, दिदीसहित दुई किशोरी पक्राउ

धनगढी: दुई दिनदेखि बेपत्ता भएर बुधबार मृत फेला परेका कैलालीको टीकापुरका पाँच वर्षीय बालकको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ । उनको हत्या जामुन खान सँगै गएकी दिदीले गरेको प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

कैलाली प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले प्रारम्भिक अनुसन्धानको क्रममा नाबालकको हत्या उनकै दिदीले गरेको देखिएको बताए । दिदी नाता पर्ने युवतीले जमरा कुलोमा धक्का दिएर विवेकको हत्या गरेको स्वीकारेको उनले बताए । प्रहरीका अनुसार ती युवतीले पारिवारिक रिसिबीका कारण बालकको हत्या गरेकी हुन् ।

प्रहरीले दिदी नाता पर्ने किशोरी र उनकी साथीलाई पनि पक्राउ गरेको छ । विवेकले लगाएको बाला ती युवतीको साथीसँग फेला परेकाले उनलाई पनि पक्राउ गरिएको एसपी अधिकारीले बताए । अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान अगाडि बढाइएको उनले बताए ।

No description available.

प्रतिकृया दिनुहोस्