×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुन-चाँदीको भाउ बढ्यो

सुन-चाँदीको भाउ बढ्यो

काठमाडौं- नेपाली बजारमा आज (बिहीबार) पनि सुन र चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला पाँच सय रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो । 

आज छापावाला सुन प्रतितोला ९५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले बढेर ९५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनकाे भाउ बुधबार पनि बढेकाे थियाे । त्यस्तै, आज चाँदी एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्