×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

डेंगीबाट प्रदेश १ का वनमन्त्री तथा उम्मेदवार थापाको निधन

डेंगीबाट प्रदेश १ का वनमन्त्री तथा उम्मेदवार थापाको निधन

विराटनगर- प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री एवं उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ । केही दिनअघि डेंगीबाट संक्रमित भएका मन्त्री ५६ वर्षीय थापाको बुधबार बिहान निधन भएको हो ।

अस्पतालका निर्देशक नारायण दाहालका अनुसार विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बिहान साढे १० बजे उनको निधन भएको हो । मोरङ क्षेत्र नम्बर ३ को प्रदेशसभा १ मा कांग्रेसबाट उम्मेदवार रहेका थापा उम्मेदवारी दर्ताको भोलिपल्ट असोज २४ गते काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएका थिए ।

अस्पताल भर्ना भएपछि उनले चुनाव प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रममा सहभागी हुन नसकेको भन्दै क्षमा माग्दै सामाजिक सञ्जालमा लेखेका थिए । उनलाई मंगलबार ह्याम्सबाट विराटनगरस्थित नोबेल अस्पताल सारिएको थियो । मंगलबार परीक्षणका क्रममा थापालाई निमोनियासमेत देखिएको थियो ।

पथरी शनिश्चरे–८ स्थायी घर भएका थापाको श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रतिकृया दिनुहोस्