×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बालबालिकालाई पुस ४ देखि मोडर्ना दिइँदै

बालबालिकालाई पुस ४ देखि मोडर्ना दिइँदै

काठमाडौँ- सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई पुस ४ गतेदेखि मोडर्ना खोप दिने भएको छ । विद्यालयमा स्वास्थ्यकेन्द्र राखेर यो पहिलो मात्राको खोप हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश १ का ११ जिल्ला, प्रदेश २ का ५ जिल्ला, बागमती प्रदेशका ७ जिल्ला गण्डकीका ९ जिल्ला, लुम्बिनीका ९ जिल्ला कर्णालीका ९ जिल्ला र सुदूरपश्चिमका ७ जिल्लामा खोप दिइने जनाएको छ ।

दोस्रो मात्रा माघ २ देखि १२ गतेसम्म दिइने जनाएको छ ।

त्यस्तै ८ जिल्लामा पुस १३ गतेदेखि फाइजर खोप दिइने मन्त्रालयले जनाएको छ । यसअघि १२ वर्षमाथिका दीर्घ रोगीहरूका लागि फाइजर खोप सञ्चालन भएका १९ जिल्ला र सिन्धुली गरी २० जिल्लामा उक्त फाइजर खोप दिन लागिएको हो ।

बागमतीका ६ जिल्ला, कर्णालीको १ र सुदूरपश्चिमको १ गरी ८ जिल्लामा पुस १३ देखि २२ गतेसम्म पहिलो मात्रा र माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा दिइने छ । बाँकी १२ जिल्लामा खोप सञ्चालनको लागि मितिपछि निर्धारण गरिने जनाएको छ ।

बागमती प्रदेशमा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुलीमा खोप दिइँदैछ । सुदूरपश्चिम प्रदेशमा डडेलधुरा र कर्णाली प्रदेशमा सुर्खेतमा खोप दिइने भएको छ ।

साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा भने खोप लगाइने अभियानकाे मिति पछि सार्वजनिक गरिने जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्