अछाम- गए राति पहिरो खस्दा घर पुरिएर ३ जनाको मृत्यु भएको छ । अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा घरभित्र सुतिरहेका तीन जनाको पहिरोका कारण मृत्यु भएको हो ।
अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीका अनुसार मृत्यु हुनेमा दुई जना पुरुष र एक महिला छन् । उनीहरुको परिचय खुल्न बाँकी छ । यसैगरी घाइतेको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भुलुमा उपचार भइरहेको अछाम प्रहरीले जनाएको छ ।
दुर्गम क्षेत्र भएकाले त्यहाँ सम्पर्क हुन कठिन भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा गएराति नै प्रहरीको टोली खटिए पनि अझै पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।