×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

टिकापुरमा चक्कु प्रहार गर्ने युवकसहित ५ पक्राउ

टिकापुरमा चक्कु प्रहार गर्ने युवकसहित ५ पक्राउ

धनगढी -,कैलालीमा चक्कु प्रहार गरी युवकको हत्या गरेको आरोपमा ५ जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका -१ का २२ वर्षीय भुपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए।

विज्ञापन

चक्कु प्रहार गर्ने आर्यन देवकोटासहित ५ जनालाई पक्राउ गरिएको डिएसपी बिष्टले दिनेशखबरलाई जानकारी दिए। उनका अनुसार दुई समूहबीच झडप हुँदा घटना घटेको हो। टीकापुरस्थित कृषि हाट बजार नजिकै बडुवाललाई तीन/चार जनाको समूहले लखेट्दै चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। घटनाबारे सुदूरपश्चिम प्रदेश प्रहरी, जिल्ला र इलाका प्रहरी कार्यालय टीकापुरको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्